२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली



झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताएका छन ।

गृहजिल्ला झापा आगमनका क्रममा अध्यक्ष ओलीले आज चन्द्रगढी विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सिक्ने चाहना र राजनीतिक सक्रियताको आकाङ्क्षा राख्ने युवा पुस्तालाई निरुत्साहित गर्नु गलत हुने धारणा राखे । नयाँ पुस्ताले ‘सिक्छु, राजनीतिमा लाग्छु’ भन्नु गलत नभएको स्पष्ट पार्दै उहाँले राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको बताए ।

“अनुभव र ऊर्जाको संयोजनले मात्रै राजनीतिक संस्कार सुदृढ हुनसक्छ”, उनले भने । झापा क्षेत्र नं ५ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारी दिएका अध्यक्ष ओली आज हवाईमार्ग हुँदै यहाँ आइपुगेका हुन ।

राजनीतिक प्रतिस्पर्धा स्वागतयोग्य भएको उल्लेख गर्दै उनले आफूसँग प्रतिस्पर्धा गर्न कोही अगाडि आउँछ भने त्यसलाई सधैँ खुलेर स्वीकार गर्ने बताए । लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा र युवाको सक्रिय सहभागिताले राजनीति अझ परिपक्व हुने अध्यक्ष ओलीले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ७ : ०७ बजे

त्रिविको बजेट – ३० अर्ब ८७ करोड, सरकारको अनुदान घट्दा ८ अर्बभन्दा बढी अपुग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आर्थिक वर्ष २०८३/८४ का लागि

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा सुप कांग्रेसको आपत्ति

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले