काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध चौथो सफलता हात पारेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भइरहेको खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ ।
खेलको १३ औँ ओभरको चौथो बलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इंग्ल्यान्डका ज्याकब बेथेललाई आउट गर्दै टोलीलाई चौथो विकेट दिलाएका हुन् । बेथेललाई लोकेश बमले क्याच समातेका थिए ।
आउट हुनुअघि बेथेलले ३५ बल खेल्दै ४ चौका र ४ छक्काको मद्दतमा ५५ रनको अर्धशतकीय पारी खेलेका थिए । उनको विकेटसँगै इंग्ल्यान्डको रनगति रोक्ने प्रयासमा नेपाललाई महत्वपूर्ण सफलता मिलेको छ ।
यस खेलमा नेपालको प्लेइङ-११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।
इंग्ल्यान्डको प्लेइङ-११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करन, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वुड रहेका छन् ।
नेपाल आईसीसी टी-२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड सहभागी छन् ।

















प्रतिक्रिया