१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सर्वोच्चले अन्तरिम आदेश नदिँदा रेशम चौधरी फागुन २१ को चुनावबाट बाहिर



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले चौधरीको उम्मेदवारी खारेजविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्चको आदेशमा संविधान, मुलुकी फौजदारी कार्यविधि संहिता तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनका विभिन्न धाराहरूको व्याख्या अन्तिम सुनुवाइका क्रममा मात्र हुने भएकाले सुविधा सन्तुलनका आधारमा तत्काल अन्तरिम आदेश दिनुपर्ने अवस्था नरहेको उल्लेख गरिएको छ।

चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए । तर माघ ८ गते निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयनपत्र खारेज गरेको थियो। उक्त निर्णय बदर गर्न माग गर्दै चौधरीले माघ ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ३९ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको