६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता



काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित ११औँ संस्करणको पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता–२०२६ औपचारिक रूपमा सुरु भएको छ।

पाकिस्तानका राजदूत महामहिम अबरार एच हाश्मीले शनिबार प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा पाकिस्तानका मित्रहरू, खेलप्रेमी, सञ्चारकर्मी, पाकिस्तान–नेपाल एलुमनाइ नेटवर्क, ग्लोबल आइएमई बैंक, क्रिकेट संघ नेपाल तथा युथ काउन्सिलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उपस्थित विशिष्ट अतिथिहरूले प्रत्येक वर्ष सफलतापूर्वक प्रतियोगिता आयोजना गर्दै आएकोमा पाकिस्तानी दूतावासको पहलको प्रशंसा गर्दै क्रिकेटले युवाहरूलाई एकताबद्ध गर्ने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

यस वर्षको प्रतियोगितामा कुल १२ टोली सहभागी छन्। जसमध्ये १० वटा क्लब टोली, एक टोली पाकिस्तानी दूतावास र एक टोली ग्लोबल आइएमई बैंकको रहेको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत हाश्मीले क्रिकेट केवल खेल मात्र नभई मानिसहरूलाई जोड्ने, आपसी मित्रता, सहकार्य र टोली भावना विकास गर्ने सशक्त माध्यम भएको बताए। उनले सहभागी सबै टोलीलाई रोमाञ्चक खेलको शुभकामना दिँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने आयोजक, साझेदार संस्था तथा उपस्थित अतिथिहरूप्रति धन्यवाद व्यक्त गरे।

टी–२० क्रिकेट प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण कार्यक्रम फागनु ३ गते सम्पन्न हुनेछ। प्रतियोगिताका सबै खेलहरू खेलकुद च्यानल ‘एक्सन स्पोर्ट्स एचडीआई’ तथा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ५ : ५८ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन