२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

एमाले र जसपा परित्याग गरी नेकपामा प्रवेश, पेरिसडाँडामा प्रचण्डद्वारा स्वागत



काठमाडौं । २०५२ सालदेखि नेकपा एमालेमा सक्रिय रहेका मेडिकल व्यवसायी विष्णु अधिकारी र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी अर्जुन चौलागाईं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

आज पेरिसडाँडामा आयोजित निर्वाचन प्रशिक्षण कार्यक्रममा उनीहरूलाई नेकपाका संयोजक प्रचण्डले पार्टीमा स्वागत गरे।

उक्त कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी, संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा आयोजना गरिएको थियो।

कार्यक्रममा संयोजक प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिमा वाम एकताको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै, नयाँ प्रवेशी नेताहरूको भूमिकाले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे । उनले पार्टीको नीति, विचार र कार्यक्रमप्रति विश्वास व्यक्त गर्दै साथ दिन आएका सबैप्रति आभार प्रकट गरे ।

नवप्रवेशी विष्णु अधिकारी र अर्जुन चौलागाईंले कम्युनिष्ट आन्दोलनको इतिहास, सिद्धान्त र जनमुखी राजनीतिप्रति आस्था राख्दै पार्टीमा आवद्ध भएको बताए । उनीहरुले सामाजिक न्याय, सुशासन र समावेशी विकासका लागि पार्टीमार्फत सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ११ : ३१ बजे

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा

प्रधानमन्त्री शाहद्वारा बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ तेस्रोबाट पाँचौमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै