२३ चैत्र २०८२, सोमबार | April 6, 2026

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो



काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार मध्याह्न तामाकोशी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।

प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका-६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो । त्यसपछि थप तीन जनाको ज्यान गएको पुष्टि भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

दुर्घटनापछि उद्धार तथा खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन गरिएको छ । उद्धार टोलीले बससँगै नदीमा डुबेका यात्रुको खोजी कार्य जारी राखेको छ ।

प्रारम्भिक जानकारीअनुसार उक्त बस काठमाडौंबाट ८ जना यात्रु बोकेर हिँडेको थियो । तर यात्राका क्रममा टिकट नभएका यात्रुसहित करिब १७ जना सवार रहेको खुलेको छ । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  २ : ३६ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती