२३ चैत्र २०८२, सोमबार | April 6, 2026

गजेन्द्रनारायण सिंहको शालिकमा गाडीबाटै माला फ्याँकेपछि बालेन विवादमा



काठमाडौं । मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा गाडीबाटै माला फ्याँकेर अघि बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) विवादमा परेका छन् ।

मंगलबार सप्तरी सदरमुकाम राजविराज पुगेका बालेन सनरुफसहितको गाडीमै उभिएर हात हल्लाउँदै गजेन्द्रनारायण सिंहको शालिकतर्फ माला फ्याँकेर अघि बढेका थिए । यही व्यवहारलाई लिएर स्थानीय समर्थक र विभिन्न राजनीतिक व्यक्तित्वहरूले असन्तुष्टि जनाएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तराई-मधेश केन्द्रित चुनावी अभियानमा दोस्रो पटक पुगेका बालेन दक्षिण भारतीय फिल्मका नायकझैँ शैलीमा देखिएका थिए । उनको आगमनको खबर पाएपछि मंगलबार बिहानैदेखि राजविराजका सडकमा सयौँ सर्वसाधारण र रास्वपा कार्यकर्ता भेला भएका थिए ।

बालेन गजेन्द्र चोक पुग्दा उनी गाडीबाट ओर्लिएर शालिकमा विधिवत् माल्यार्पण गर्ने अपेक्षा गरिएको थियो । गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पणका लागि उनलाई माला समेत उपलब्ध गराइएको थियो । तर उनी गाडीबाट नओर्ली सनरुफबाटै माला शालिकतर्फ फ्याँकेर अघि बढे । उनी पार्टी कार्यालयमा समेत नओर्लिएको जनाइएको छ ।

यस घटनापछि घण्टौँदेखि प्रतीक्षामा बसेका समर्थक निराश देखिएका छन् । धेरैले यसलाई गजेन्द्रनारायण सिंहप्रतिको असम्मानको रूपमा व्याख्या गरेका छन् ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टी नेपालका नेता जीवछ यादवले बालेनको गतिविधिप्रति कडा आपत्ति जनाएका छन् । उनले मधेशको माटो, संवेदना र आदर्शमाथि फेरि एकपटक प्रहार भएको टिप्पणी गरेका छन् ।

‘मधेशका आदर्शहरूमाथि पटक-पटक प्रहार हुनु अब भूल मात्र रहेन, यो त सोचेर गरिएको साजिस जस्तै देखिन थालेको छ,’ यादवले भनेका छन्, ‘गजेन्द्रनारायण सिंहजस्तो उचाइ भएको व्यक्तित्वको शालिकमा गाडीबाटै माला फ्याँक्नु के संस्कार हो ? सम्मान देखाउन दुई मिनेट गाडीबाट ओर्लिन पनि फुर्सद थिएन ?’

उनले थप प्रश्न गर्दै भने, ‘काठमाडौंका बालेन मधेशको धर्तीमा ओर्लिँदा सान घट्छ भन्ने दम्भ हो कि ? शालिकमा माला चढाउनु श्रद्धा हो, टार्गेट प्राक्टिस होइन ।’

बालेनको यो व्यवहारलाई लिएर सामाजिक सञ्जालमा पनि तीव्र आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : २३ बजे

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु