२४ भदौ २०८३, बुधबार | September 9, 2026

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ



सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौ तुलाकान्त चौधरी घुससहित पक्राउ परेका छन् ।

सर्लाहीका डिभिजन प्रमुख ढकाल र चौधरीले ७ लाख ५० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

ढकाल र चौधरीसमेतको मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न पश्चात सो कार्य वापतको रकम भुक्तानी गर्ने क्रममा दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले दुवैजनालाइ पक्राउ गरेको हो ।

अख्तियारका अनुसार ढकाल र चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरूसँगवाट मोबाइल ३ थान पनि बरामद भएको छ । यसवारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १ : १४ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४