२८ माघ २०८२, बुधबार | February 11, 2026

पाकिस्तानको लगातार दोस्रो जित, अमेरिकामाथि ३२ रनले विजय



काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’को खेलमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले विष्फोटक ब्याटिङ गर्दै ४१ बलमा ६ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए । बाबर आजमले ३२ बलमा ४६ रनको योगदान दिँदा सादाब खानले १२ बलमा ३० रनको तीव्र पारी खेले ।

अमेरिकाका बलर श्याड्ली भान शाल्कवाइकले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए ।

जवाफमा अमेरिकाका लागि शायन जायागिरले ४९ रन बनाउँदा शुभम रञ्जानेले अर्धशतकीय पारी खेले । मिलिन्दु कुमारले २९ रन जोडे पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । पाकिस्तानका उस्मान तारिकले तीन विकेट लिएर अमेरिकाको इनिङ्स दबाबमा राखे ।

यस जितसँगै पाकिस्तान चार अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । एक खेल खेलेको भारत दुई अंकसहित दोस्रो स्थानमा छ भने दुई खेलबाट एक जित र एक हार व्यहोरेको नेदरल्यान्ड्स दुई अंकसहित तेस्रो स्थानमा छ । नामिबिया र अमेरिका अंकविहीन छन् ।

समूह ‘ए’मा पाकिस्तान, भारत, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका सहभागी छन् ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ७ : ३३ बजे

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी

कुखुरामा इकोलाईको समस्या

चितवन । जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ ।

पाकिस्तानको लगातार दोस्रो जित, अमेरिकामाथि ३२ रनले विजय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’को खेलमा पाकिस्तानले लगातार