१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बाँकेमा सर्वसाधारणले बुझाए ८० थान हतियार



नेपालगन्ज । बाँके जिल्लामा हालसम्म सर्वसाधारणबाट इजाजतपत्र (लाइसेन्स) प्राप्त ८० थान हतियार प्रहरी प्रशासनसमक्ष बुझाइएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनको आह्वानमा सर्वसाधारणले प्रहरी समक्ष हतियार बुझाउका हुन् ।

गत माघ ६ गते जिल्ला प्रशासन कार्यालय बाँकेले चुनावी सुरक्षालाई मध्यनजर गर्दै लाइसेन्स प्राप्त तथा अवैध हतियार अनिवार्य रूपमा बुझाउन सूचना जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोही सूचनापछि हालसम्म ८० थान हतियार सम्बन्धित निकायमा बुझाइएको हो ।

बुझाइएका हतियारमध्ये बारबोर र भरुवा बन्दुक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए। “हालसम्म ८० थान हतियार बुझाइएको छ, तर यो संख्या अझै बढ्न सक्ने देखिन्छ,” उनले बताए।

उनले समयमै हतियार बुझाउन सबैलाई आग्रह गर्दै जो–जससँग हतियार छन्, तोकिएको समयभित्र अनिवार्य रूपमा बुझाउन र नबुझाई लुकाएर राखेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिए ।

प्रहरीले निर्वाचनलाई निष्पक्ष, सुरक्षित र शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा व्यवस्थापन तीव्र पारिएको जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  २ : ४४ बजे

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण