१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

बर्दियाको बढैयाताल गाँउपालिकामा भएको भ्रष्टाचार विरुद्ध एकैवर्षमा २५ उजुरी



नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा सबै भन्दा बढि स्थानीय तहमा भएका बेथितीका उजुरी परेका छन् । दाङ, बाँके, बर्दिया र रोल्पा कार्य क्षेत्र रहेको नेपालगन्ज कार्यालयमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेको र त्यस मध्य चालू आर्थिक बर्षमा सबैभन्दा बढी २५ उजुरी बर्दियाको बढैयाताल गाउँपालिकाको परेको देखिएको छ ।

आयोगको ३५ औं स्थापना दिवसको अवसरमा आज सम्पर्क कार्यालय नेपालगन्जमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख झरेन्द्र प्रसाद चापागाईंले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन् ।

चापागाईका अनुसार सम्पर्क कार्यालय नेपालगन्जले प्राप्त भएको उजुरीमा ९७३ वटा उजुरी फर्छ्यौट गरेको छ । कार्यालयले आर्थिक बर्ष २०८१/०८२ मा ७८८ र चालू आर्थिक बर्षको हालसम्म १८५ वटा उजुरी फर्छ्यौट गरेको छ । गत आर्थिक बर्षमा ९०२ र चालू आर्थिक बर्षमा ४७१ उजुरी दर्ता भएको कार्यालय प्रमुख चापागाईंले बताए ।

स्थापना दिवसको अवसरमा २० हजार रुपैयाँ राशीको अख्तियार अनुसन्धान सेवा पुरस्कर इन्जिनियर हेम बहादुर सिंजाली र १० हजार रुपैयाँ राशीको अख्तियार सेवा पुरस्कार रन्जित अधिकारीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले भ्रष्टाचार नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै स्थापना दिवसका अवसरमा अयोगलाई शुभकामना दिएका थिए । २०४७ माघ २८ गते भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्वतन्त्र संवैधानिक निकायका रुपमा नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ६ : ३२ बजे

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ