२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

१३ औं संस्करणको ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु हुँदै



बुटवल । रूपन्देहीका विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको ‘दीप गायन तारा’ प्रतियोगिताको १३ औं संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । यसपटक प्रतियोगिता विद्यालयको ४५ औं वार्षिकोत्सवसँग जोडेर विशेष रूपमा आयोजना गरिएको हो ।

प्रतियोगिताको पहिलो चरणअन्तर्गत शुक्रबार प्रारम्भिक छनोट प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले वार्षिकोत्सवको सन्दर्भ पारेर ४५ जना विद्यार्थीबीच प्रतिस्पर्धा गराउने लक्ष्य राखिएको बताए। हालसम्म ४२ जना विद्यार्थीले नाम दर्ता गराइसकेको जानकारी पनि उनले दिए ।

प्रतियोगितालाई निष्पक्ष बनाउन आयोजक विद्यालय दीप बोर्डिङका विद्यार्थीलाई सहभागी नगराई जिल्लाका अन्य विद्यालयका विद्यार्थीलाई मात्र अवसर दिइएको सह-प्राचार्य कलाधर अर्यालले स्पष्ट पारे । उनका अनुसार प्रतियोगिता फागुन ४ गते ग्राण्ड फिनालेसँगै सम्पन्न हुनेछ । विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रारम्भिक चरणबाट उत्कृष्ट १५ जना छनोट गरी अन्तिम प्रतिस्पर्धामा उतारिनेछ । उपविजेताले ३० हजार, तृतीय स्थान हासिल गर्नेले २० हजार तथा सान्त्वना हुने दुई जनाले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैबीच, विद्यालयको ४५ औं वार्षिकोत्सवअन्तर्गत बुधबारदेखि खेलकुद सप्ताह सुरु भएको सह-प्राचार्य सुरेन्द्र शाक्यले जानकारी दिए। माघ २९ गतेदेखि विभिन्न कक्षास्तरका प्रतिभा प्रतिस्पर्धा सञ्चालनमा छन् । फागुन ५ गते मूल समारोह आयोजना गरी वार्षिकोत्सव मनाइने तयारी गरिएको छ ।

हाल विद्यालयमा करिब २ हजार ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्थापनाकालदेखि अहिलेसम्म ११ हजार ५ सयभन्दा बढी विद्यार्थीले एसएलसी तथा एसईई उत्तीर्ण गरिसकेका छन्। यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजासहित दुई विद्यार्थीले ४.० जीपीए ल्याउन सफल भएको विद्यालयले जनाएको छ। कक्षा १२ तर्फ पनि दुई विद्यार्थी नेपाल प्रथम र द्वितीय हुन सफल भएका छन् भने विज्ञान संकायमा शतप्रतिशत नतिजा हासिल गरिएको छ ।

वार्षिकोत्सवका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र द्वजुले बुटवललाई शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको बताए। विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा अघि बढाउन शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको सामूहिक भूमिका महत्वपूर्ण रहेको उनले जोड दिए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  १ : ०० बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा