काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार नेपाल र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा इटालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
टससँगै नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्ने तयारी गरेको छ । आजको खेलका लागि नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

















प्रतिक्रिया