१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

‘समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प’ नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्न अभियान सञ्चालन गर्ने



रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१ औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गरेका छन । जनयुद्धको सुरुआतस्थल आधार इलाका रुकुम पूर्वमाबाट जनयुद्ध दिवसको शुभकाना दिंदै उनले जनयुद्धका स्मृतिहरू ताजा भएको बताए ।

“यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ। रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरणहरू ताजा भएर आएका छन्,” उनले भने, “जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ ।”

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरे । “यहाँका गरिब, महिला, आदिवासी जनजातिले रगत नबगाएको भए हामी आज समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ,” उनले भावुक हुँदै भने, “म यहाँ आउँदा अलिकति भावुक र उद्वेलित भएको छु । जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जा सहित अब अघि बढ्ने छौं ।”

संयोजक प्रचण्डले राष्ट्रको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले २०८४ सालमा गर्ने भनिएको निर्वाचन २०८२ मै गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै देश कठिन मोडबाट अगाडि बढेको धारणा राखे ।

“यस्तो संकटको घडीमा इतिहासका ती प्रेरणाबाट शिक्षा लिँदै फेरि राष्ट्र र राष्ट्रियताको पक्षमा अघि बढ्नुपर्छ,” उनले भने, “समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्पका रूपमा मैले यो अवसरलाई लिएको छु ।”

उनले जनयुद्धकालीन संकल्प र दृढतासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ९ : २१ बजे

शान्तिपूर्ण निर्वाचनका लागि प्रधानमन्त्रीले गरिन पाथीभरा मातासँग प्राथना

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा

खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार