२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र



बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिवद्धतापत्र शुक्रबार सार्वजनिक गरेको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले स्वाधीनता, आत्मनिर्भरता र समानताका मुद्दालाई केन्द्रमा राख्दै उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाएको हो ।

प्रतिवद्धतापत्र सार्वजनिक गर्दै पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठले आगामी निर्वाचनले पनि मुलुकलाई स्पष्ट निकास दिनेमा आशंका देखिएको बताए । नयाँ शक्तिका रूपमा उदाएका दलहरूले चुनावी अभियानमा देखाएको तडकभडक र अनावश्यक खर्चले भ्रष्टाचारलाई थप प्रश्रय दिएको उनको टिप्पणी थियो ।

कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने संकेत नदेखिएकाले चुनावपछि सत्ताका लागि स्वार्थपूर्ण गठबन्धन, सरकार गठन र विघटनको खेल दोहोरिन सक्ने उनले उल्लेख गरे ।

पार्टीले फागुन १ गते अर्थात् ‘जनयुद्ध दिवस’को अवसर पारेर प्रतिवद्धतापत्र सार्वजनिक गरिएको जानकारी दिँदै नेता श्रेष्ठले जनयुद्धकै जगमा गणतन्त्र स्थापना र हालसम्मका राजनीतिक उपलब्धि हासिल भएको दाबी गरे । नेपाली राजनीतिक इतिहासमा जनयुद्धलाई समेट्न नसके इतिहास नै अपूरो हुने उनको भनाइ थियो ।

माओवादीले रुपन्देहीबाट प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारलाई विजयी गराउन ‘गुलाफको फूल’ चुनाव चिह्नमा मतदान गर्न मतदातासमक्ष आह्वान गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ मा मदन थारु, क्षेत्र नम्बर २ मा विरेन्द्र विक, क्षेत्र नम्बर ३ मा योगेन्द्र यादव, क्षेत्र नम्बर ४ मा जाहेरा वानु र क्षेत्र नम्बर ५ मा दामोदर पंगेनी उम्मेदवार रहेका छन् ।

कार्यक्रममा बोल्दै उम्मेदवारहरूले राजनीतिक स्थिरता, संविधान संशोधन, कृषि क्षेत्रको विकास, मिटरब्याज तथा सहकारी पीडितलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे। साथै सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र अनियमितता अन्त्य गर्ने एजेन्डा पनि अघि सारे ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : ०६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा