५ बैशाख २०८३, शनिबार | April 18, 2026

युवामा नेतृत्व विकास गर्न ‘इमर्जिङ युथ स्पिकर सिजन थ्रि’ सम्पन्न, निश्चल भट्टराई प्रथम



बुटवल । युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति सीप विकास गराउने उद्देश्यले ‘द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी’ भैरहवाले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । कन्सल्टेन्सीले विगत दुई वर्षदेखि सञ्चालन गर्दै आएको ‘इमर्जिङ युथ स्पिकर’ कार्यक्रमको तेस्रो संस्करण यस वर्ष पनि सफलतापूर्वक आयोजना गरेको हो ।

रुपन्देहीका विभिन्न कलेजमा अध्ययनरत ५० जना विद्यार्थीबाट छनोट हुँदै अन्तिम चरणमा १५ जना प्रतिस्पर्धी पुगेका थिए । ‘समृद्धिको आधार : पर्यटन र पूर्वाधार’ विषयमा आयोजित अन्तिम प्रतिस्पर्धामा निश्चल भट्टराई प्रथम भएका छन् । त्यस्तै, मेगिन पुन द्वितीय, सुवोध गौतम तृतीय, नेहारिका ज्ञवाली चतुर्थ तथा सेवा रेग्मी पाँचौं स्थान हासिल गर्न सफल भए ।

प्रतियोगितामा प्रथम हुने निश्चल भट्टराईले नगद ५५ हजार ५५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । द्वितीय हुने मेगिन पुनले ११ हजार १११ रुपैयाँ तथा तृतीय हुने सुवोध गौतमले ५ हजार ५५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । चतुर्थ र पाँचौं हुने नेहारिका ज्ञवाली र सेवा रेग्मीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, सामाजिक सेवातर्फ सेवा रेग्मी, दर्शक छनोटतर्फ माहि खान र उत्कृष्ट स्टेज प्रस्तुतीतर्फ रिदेश बस्याल पुरस्कृत भए ।

कार्यक्रममा उत्कृष्ट प्रतियोगीहरूलाई कन्सल्टेन्सीका सञ्चालक गोविन्दराज अधिकारी, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, गोपाल अधिकारी, भगवती पाण्डे लगायतले पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा साहित्यकार रुद्र ज्ञवाली, डिल्लीराज भट्टराई, गिरीराज पाण्डे र सन्जोग थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रतिस्पर्धामा सहभागी वक्ताहरूले नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै पूर्वाधार विकाससँग पर्यटनलाई प्रभावकारी रूपमा जोड्न सके मुलुकको समृद्धिमा टेवा पुग्ने धारणा व्यक्त गरे । उनीहरूले पूर्वाधार र पर्यटनलाई विकासका परिपूरक आधारका रूपमा चित्रण गर्दै दुवै क्षेत्रको सन्तुलित विकास आवश्यक रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रेमराज पोखरेलले नेपालमा पछिल्लो समय भौतिक पूर्वाधार विकासले गति लिइरहे पनि त्यसलाई प्रत्यक्ष रूपमा आयआर्जनसँग जोड्न नसक्दा नागरिकले विकासको अनुभूति गर्न नसकेको टिप्पणी गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले सकारात्मक कामहरू भइरहे पनि नकारात्मक विषयवस्तुको अत्यधिक प्रचारका कारण सकारात्मक पक्ष ओझेलमा पर्ने गरेको उल्लेख गरे ।

कन्सल्टेन्सीका सञ्चालक गोविन्दराज अधिकारीले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सकारात्मक सोच निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको र आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ६ : ३८ बजे

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

काठमाडौँ । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी

‘वाम एकता’ चर्चा असान्दर्भिक भन्दै विष्णु पौडेलले उठाए प्रश्न

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो समय राजनीतिक

सर्वोच्चका कर्मचारीले पालना गरेनन् नियम

काठमाडौं । कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतका कर्मचारीले

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना