२१ भदौ २०८३, आइतबार | September 7, 2026

पहिलो जितको खोजीमा नेपाल, आज वेस्ट इन्डिजसँग निर्णायक प्रतिस्पर्धा



काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली ले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वानखेडे स्टेडियम मा खेल सुरु हुनेछ ।

समूह ‘सी’ मा रहेको नेपाल हालसम्म अंकविहीन अवस्थामा छ भने वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा छ । नेपाल आजको खेलमा प्रतियोगिताको पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदैछ भने वेस्ट इन्डिज लगातार तेस्रो जित हासिल गर्दै ‘सुपर आठ’ चरणमा स्थान सुरक्षित गर्ने योजनामा छ ।

नेपालले पहिलो खेलमा इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली विरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि चार रनले पराजित भएको थियो । १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो । दोस्रो खेलमा भने नेपालको प्रदर्शन कमजोर रह्यो । इटाली राष्ट्रिय क्रिकेट टोली विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १२३ रन मात्र बनायो, जुन लक्ष्य इटालीले कुनै विकेट नगुमाई सहजै पूरा गर्दै १० विकेटको जित दर्ता गर्‍यो ।

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा नेपालले समूह चरणका सबै चार खेल भारतमै खेलिरहेको छ । नेपालले सन् २०१४ मा बंगलादेश राष्ट्रिय क्रिकेट टोली को आयोजनामा भएको विश्वकपमार्फत पहिलोपटक सहभागिता जनाएको थियो। दोस्रोपटक विश्वकप खेल्न नेपालले एक दशक कुर्नुपरेको थियो । सन् २०२४ को संस्करणमा नेपालले बलियो टोलीहरूसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति प्रभावशाली बनाएको थियो ।

यसअघि खेलेका दुवै विश्वकपमा नेपाल समूह चरणभन्दा माथि पुग्न सकेको छैन । नेपाल हाल रोहितकुमार पौडेल को कप्तानीमा विश्वकप खेलिरहेको छ ।

समूह ‘सी’ मा नेपालसँगै वेस्ट इन्डिज, इंग्ल्यान्ड, स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली र इटाली रहेका छन् । बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी वरीयताका आधारमा स्कटल्यान्डले प्रतियोगितामा स्थान पाएको हो ।

लगातार दुई खेलमा पराजय भोगेको नेपालका लागि आजको खेल ‘गर या मर’ को अवस्थामा रहेको छ । सुपर आठ चरणको सम्भावना कायम राख्न नेपाललाई वेस्ट इन्डिजविरुद्ध जित अनिवार्यजस्तै बनेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ७ : ४३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त