११ भदौ २०८३, बिहिबार | August 27, 2026

रेनु दाहालको आपत्ति : भ्रामक सर्वेक्षणको नाममा निर्वाचन प्रक्रिया प्रभावित पार्न खोजियो

"मतदाताको विश्वासका आधारमा फराकिलो मतान्तरले विजयी हुन्छु"



चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाबाट उम्मेदवार रेनु दाहालले निर्वाचन आचारसंहिता विपरीत मत सर्वेक्षणको नाममा प्रकाशित तथा प्रसारित भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन–प्रसारण नगर्न सम्बन्धित सञ्चारमाध्यम तथा सरोकारवालासँग हार्दिक अनुरोध गरेकी छन्।

मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशित तथा प्रसारित गरिएकोप्रति उनले गम्भीर ध्यानाकर्षण भएको जनाएकी हुन् ।

लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ।

उनले यतिबेला आफू घरदैलो अभियानमा व्यस्त रहेको र आम मतदाताबाट प्राप्त माया, विश्वास र समर्थनले उत्साहित बनाएको उल्लेख गरेकी छन्।

भरतपुर महानगरपालिकामा ९ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दा देखाएको प्रतिबद्धता र इमान्दारिताकै कारण जनस्तरमा अपार स्नेह प्राप्त भएको अनुभूति आफूले गरेको उनको भनाइ छ।

निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्नेमा आफू स्पष्ट रहेको बताउँदै उनले मतदाताको विश्वासका आधारमा फराकिलो मतान्तरले विजयी हुने उच्च मनोबल समेत व्यक्त गरेकी छन्।

हिजो मात्र एक अनलाइन सञ्चारमाध्यमले दाहाल निर्वाचनमा पराजित हुँदैछिन् भन्ने आशयको लामो रिपोर्ट प्रकाशित गरेको थियो।

निर्वाचन आचारसंहिताअनुसार मतदातालाई प्रभावित पार्ने गरी मत सर्वेक्षणसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न निषेध गरिएको व्यवस्था छ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ११ : १८ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका