१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा



बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका नेकपा बहुमतले बन्दको विज्ञप्ति निकालेपछि बुटवल र यस आसपासका बिद्यालयहरुले विद्यालयमा विदादिने सूचना गरेका छन् । भोली मँगलबारका लागि आह्वान गरिएको बन्दको हल्लाका आधारमा विद्यालयहरुले विदाको सूचना जारी गरेका हुन् ।

नीजि विद्यालयहरुले औपचारिकरुपमा सूचना प्रकाशित नगरेपनि अभिभावकहरुलाई फोन गरेर विद्यार्थी नपठाउन भनेको बुटवलका एक अभिभावकले बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने रुपन्देहीमा बन्दको कुनै प्रभाव नपर्ने जनाएको छ । आवश्यक सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासन तयार रहेको बताउँदै प्रशासनले बजार, पसल, विद्यालय तथा कलकारखाना निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नाममा बन्द बारे विज्ञप्ती सार्वजनिक भएपछि विद्यालयहरुले पठनपाठन नगराउने भनेपनि अन्य निकायले भने बन्दबारे कुनै औपचारीक धारणा सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ९ : ५५ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार