११ भदौ २०८३, बिहिबार | August 27, 2026

जितेन्द्र नारायण देव पुनः कांग्रेसमै फर्किए



काठमाडौं । नेकपा एमालेबाट अलग भएर बसेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा पुनः फर्किएको घोषणा गरेका छन्।

मंगलबार जारी विज्ञप्तिमार्फत देवले हालै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेका नीति, विचार, योजना, प्रस्ताव तथा प्रतिबद्धताहरूलाई स्वागत र समर्थन गर्दै आफू कांग्रेसमा पुनः आबद्ध भएको जानकारी दिएका हुन्। देव राष्ट्रियसभा सदस्यको पदावधी सकिएपछि एमालेमा प्रवेश गरेका थिए ।

उनले महाधिवेशनबाट निर्वाचित गगन कुमार थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्य समितिप्रति पूर्ण आस्था र प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ नेतृत्वले अघि सारेको अग्रगमनकारी सोच र नीतिले देशमा सामाजिक तथा राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक रूपमा अघि बढाउने विश्वास उनले व्यक्त गरेका छन्।

देवले कांग्रेसले पार्टीभित्र परिवर्तनको प्रक्रिया सुरु गरिसकेको उल्लेख गर्दै यही नेतृत्वले देशलाई पनि जनहितको दिशामा रूपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन्।

एमालेबाट राजनीति सुरु गरेका देव केहिले मधेशवादी दल, कहिले कांग्रेस, कहिले एमाले हुँदै आएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ११ : ०१ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका