२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै



झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार केपी शर्मा ओलीले आज आफ्नो चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गर्ने भएका छन्।

निर्वाचन प्रचार अभियानलाई तीव्रता दिँदै आएका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक-९ को अमरसिंह चोकमा आयोजित कार्यक्रममा प्रतिबद्धता-पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।

ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार उक्त प्रतिबद्धता–पत्रमा ओली विजयी भएपश्चात झापा-५ क्षेत्रमा गरिने विकास योजना र कार्यक्रमहरूको विस्तृत विवरण समेटिएको छ। साथै नेपालमा कम्युनिस्ट आन्दोलनको स्थापना, एमाले नेतृत्वका सरकारहरूले गरेका उपलब्धि, तथा सुरु भई अपूरा रहेका योजनाहरूको अवस्थाबारे पनि दस्तावेजमा उल्लेख गरिएको उनले जानकारी दिए।

अमरसिंह चोकमा आयोजना हुने चुनावी सभामार्फत प्रतिबद्धता-पत्र सार्वजनिक गरिनेछ। आजै अध्यक्ष ओलीले दमक-३ को दुम्से र टुकुरेमा प्रचार कार्यक्रम गर्नेछन्। त्यसैगरी दमक-८ को संगम चोक र कृष्ण मन्दिर क्षेत्र हुँदै दमक-१० को सूर्य चोकमा समेत चुनावी प्रचारप्रसार कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ११ : ४८ बजे

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा