१ असार २०८३, सोमबार | June 15, 2026

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै



बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार चम्किपुर भाटामा भोलीदेखी श्रीमद्भागवत धन धान्यान्चल ज्ञान महायज्ञ २०८२ हुने भएको छ । धार्मिक तथा सामाजिक सेवामूलक उद्देश्यका साथ राष्ट्रिय परोपकार महासंघ नेपाल, रुपन्देही जिल्ला कार्यसमितिको आयोजनामा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ-२०८२ आयोजना गरिएको हो ।

कार्यक्रम परोपकार कुञ्ज धाम विस्तारका लागि सञ्चालन गर्न लागिएको मुल समिति संयोजक डिल्लीराज भण्डारीले बताए । उनले दोस्रो अनुस्ठानको रुपमा महायज्ञ हुन लागेको बताए । संघका परिकल्पनाकार भागवत भास्कर कमल नयन गौतम ले संस्था विगत १८ वर्षदेखि सक्रिय रूपमा कार्यरत रहेको जानकारी दिए। उनका अनुसार संघ हाल ४३ जिल्लामा क्रियाशील छ भने १० जिल्लामा आश्रम स्थापना भइसकेका छन् ।

आगामी दिनमा सबै उमेर समूहलाई लक्षित गर्दै आवासीय शिविर सञ्चालन गरिनेछ । यसअन्तर्गत आहार शैली तथा जीवन शैलीसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उनले बताए। गुरुयोजनाअनुसार २५ वटा क्षेत्र निर्माण गर्ने योजना रहेको पनि उनले उल्लेख गरे ।

उनका अनुसार उनले हालसम्म १ हजार महायज्ञ सम्पन्न गरिसकेका छन्, जसमध्ये ४०० वटा विद्यालय विकाससँग सम्बन्धित रहेका छन्। यज्ञ नहुँदा शैक्षिक गुणस्तर कमजोर हुने उनको दाबी छ ।

संस्थाले करिब साढे १६ करोड रुपैयाँ लागतको भवन निर्माण खाका तयार गरेको छ। सामग्री व्यवस्थापनका लागि थप खर्च लाग्ने र सम्पूर्ण काम सम्पन्न गर्न करिब ४ वर्ष लाग्ने अनुमान गरिएको छ ।

समितिका सल्लाहकार तथा निर्माण समिति संयोजक हरिध्वज मल्ल ले गत वर्ष आयोजना गरिएको महायज्ञमार्फत भएको निर्माण प्रगतिबारे जानकारी गराए । उनका अनुसार महायज्ञबाट १ करोड ५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएकोमा ७ लाख खर्च भई १ करोड ८ लाख बचत भएको छ । हालसम्म ४० लाख रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए ।

गुरु आश्रममा करिब १ करोड २५ लाख बराबरको निर्माण कार्य भइरहेको छ भने सचिवालय निर्माणमा ३८ लाख खर्च हुने अनुमान गरिएको छ । कलश मण्डप, गार्ड रुम, यज्ञ मण्डप तथा शौचालय निर्माण भइसकेको छ ।

४ करोड ४० लाख लागतमा ४०० जना बस्ने-खाने क्षमता भएको बहुउपयोगी भवन निर्माणाधीन छ, जसलाई पालिकाले निर्माण गरिरहेको छ । यस वर्ष पालिकाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ र टेण्डर प्रक्रिया जारी रहेको जनाइएको छ ।

सह संयोजक डम्बरराज भण्डारी स्वागत तथा सचिव डम्बर बहादुर भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा भुवन खत्री, डम्बरराज शर्मा, तुल्सिराम भण्डारी लगायत सहभागि थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ७ : ११ बजे

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन । पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस सरकार

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

विश्वकप फटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा