२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन



खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुनले विभिन्न आन्दोलनका नाममा नागरिकका सम्पक्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति समेत रहेका उम्मेदवार पुनले नेपाली नागरिकले दुःख पाउने, नागरिकले ज्यान गुमाउने आन्दोलनलाई उकास्ने कार्यको बिरोध गर्दै कांग्रेसले त्यसको अन्त्यको लागि काम गर्ने बताए ।

विभिन्न आन्दोलनका नाममा देशका सार्वजनिक सम्पदा, सार्वजनिक सम्पक्ति र महत्वपुर्ण कार्यालय जलाउने कार्यलाई कुनैपनि राजनितिक दलले प्रसय दिने काम गर्न नहुने बताए । समाज भड्काउने, धर्म, सँस्कृति र जातिय विभेदलाई बढावा दिने कुनैपनि राजनितिक दल र नेताको भनाईमा विश्वास नगर्न पुनले बाँके क्षेत्र नम्बर ३ का मतदातालाई अनुरोध गरे ।

उनले भने, ‘यो देशको समृद्धि हामी सबै मिलेर गर्ने हो । हिमाल, पहाड र तराईमा बस्ने सबै नागरिकका समस्यालाई हामीले सम्बोधन गर्ने प्रयास गर्नु पर्छ । नागरिक प्रति सबै राजनिति दल उत्तरदायी हुनुपर्छ । तर यहाँ नागरिकका समस्या, नागरिकका प्रश्नबाट भाग्ने नेताहरु पनि चुनावी मैदानमा छन् । यसले पनि यहाँहरु नागरिक प्रति कत्ति उत्तरदायी छन् भन्ने देखाउँछ ।’

बाँके क्षेत्र नम्बर ३ को समृद्धिको लागि आफुले इमानदारितका साथ काम गर्ने बताउँदै पुनले भेरी(बबई डाईभर्सन, सिक्टा सिचाइँ आयोजनाका अधुरा कामहरु पुरा गर्न आफुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश सभापति पुनले नेपालको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल(भारत सीमा क्षेत्रका नागरिकले भोगिरहेका समस्या समाधानका लागि कांग्रेसले नीतिगत रुपमा पहल थाल्ने प्रतिवद्धता जनाए ।

लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई बाँके क्षेत्र नम्बर ३ को समृद्धिसँग जोडनुपर्ने उनको भनाई छ । प्राविधिक विश्व विद्यालय अहिलेको आवश्यकता भएको बताउँदै कांग्रेस उम्मेदवार पुनले युवालाई देशमै रोजगार सृजना गर्ने थलोका रुपमा विश्व विद्यालयलाई बनाउन जरुरी रहेको धारणा राखेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १० : ५६ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै