११ भदौ २०८३, बिहिबार | August 27, 2026

रुकुमपूर्वमा प्रचण्डको विजय सुनिश्चित



काठमाडौं । रुकुमपूर्व प्रतिनिधिसभा क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ।

कुल खसेको मतमध्ये तीनहजार २८३ मत गन्न बाँकी छँदै प्रचण्डको विजय सुनिश्चित भएको हो । कुल १९ हजार १०६ मत खसेको थियो। अहिलेसम्म १५ हजार ८२३ मत गणना भैसक्दा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३ हजार १७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत ल्याएकी छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखनकुमार थापाले ७१२ मत पाएका छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले १८६ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : २३ बजे

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा