२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

आइसीसी टी-२० : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित



काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारत राष्ट्रिय क्रिकेट टोलीले नेदरल्याण्ड्स राष्ट्रिय क्रिकेट टोलीलाई १७ रनले पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १७६ रन मात्र बनाउन सक्यो ।

नेदरल्याण्ड्सका लागि बास डे लीडेले सर्वाधिक ३३ रन बनाए । उनले २३ बलमा ३ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै माइकल लेविटले २४ रन जोड्दा कोलिन एकरम्यानले २३ तथा म्याक्स ओ’डाउडले २० रनको योगदान दिएका थिए । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा टोली लक्ष्य नजिक पुगेर पनि जित निकाल्न असफल भयो ।

भारतका लागि वरुण चक्रवर्तीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा मात्र १४ रन खर्चिए । शिवम् दुबेले दुई विकेट लिए भने जसप्रित बुमराह र हार्दिक पाण्ड्याले समान एक–एक विकेट हात पारे ।

यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९३ रन बनाएको थियो । भारतका लागि शिवम् दुबेले सर्वाधिक ६६ रनको आक्रामक इनिङ खेले । उनले ३१ बलमा ६ छक्का र ४ चौका प्रहार गरेका थिए ।

त्यस्तै कप्तान सूर्यकुमार यादवले ३४ रन बनाउँदा तिलक बर्माले ३१ तथा हार्दिक पाण्ड्याले ३० रनको योगदान दिए । इशान किशन भने १८ रनमा आउट भए ।

नेदरल्याण्ड्सका लागि लोगान भान बीकले तीन विकेट लिए । उनले चार ओभरमा ५६ रन खर्चिए। आर्यन दत्तले दुई विकेट लिए भने काइल क्लेनले एक विकेट हात पारे ।

यस जितसँगै भारतले समूह चरणको अन्तिम खेलमा विजयी नतिजा निकाल्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ८ : ०८ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि