७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले रास्वपा त्यागेका छन् । उनले पार्टीको प्रदेश उपसभापति पदसहित साधारण सदस्यताबाट समेत राजीनामा दिएका हुन् ।

उनले बिहीबार दिएको राजीनामामा उनले पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरमा नैतिक विचलन आएकोले आफूले यो निर्णय लिएको उल्लेख गरेका छन् ।

रास्वपामा प्रारम्भिक समिति केन्द्रीय समिति विस्तार हुँदै गए पनि यसको मापदण्ड, प्रक्रिया र औचित्यमा स्पष्ट पारदर्शिता नभएको उनले औँल्याउँदै उनले पार्टीको संरचना विधि र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित निर्णयतर्फ उन्मुख भएको राजीनामा पत्रमा उल्लेख छ ।

सदस्यता र उम्मेदवार आवेदन शुल्कको हिसाब नदेखाएको, विधानतः केन्द्रीय महाधिवेशन नगरिएको, वषौंदेखि खटिएका कार्यकर्ता छाडेर नयाँ र ‘चटकदार’ लाई टिकट दिएको, सीमित व्यक्तिले पार्टीलाई प्राइभेट कम्पनीजस्तो चलाएको, तल्लो तहका नेता(कार्यकर्तालाई ‘दास’ व्यवहार गरिएको, नीति र सिद्धान्तभन्दा व्यक्ति केन्द्रित निर्णय हाबी, रवि लामिछानेको सहकारी प्रकरणले नैतिक संकट पैदा गरेको, महिला तथा समर्पित कार्यकर्ताको आत्मसम्मानमा चोट पुऱ्याएको, प्रधानमन्त्रीको रूपमा प्रस्तावित बालेनको नागरिकता कीर्तेले विश्वास र नैतिकतामा प्रश्न उठेको उनको आरोप छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाटै उम्मेदवार बनेका हुमागाईंले त्यसबेला १० हजार ५ सय ७३ मत पाएका थिए । यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी हुमागाईंले निर्वाचन आउन दुई साता बाँकी छँदा पार्टी परित्याग गरेका हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  १ : ०४ बजे

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज