८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस



काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा अना इसाबेल जेभियरले विशेष समारोहका बीच लिस्बनस्थित नेपाली दूतावासको चान्सरीको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

सचिव राई यतिबेला नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा रहेका छन् ।

त्यस अवसरमा परराष्ट्र सचिव राईले दूतावासको स्थापनामा पोर्चुगल सरकारले गरेको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । दूतावासले दुवै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सेतुका रूपमा काम गर्ने विश्वास व्यक्त गरे ।

उक्त दूतावासका अनुसार पोर्चुगलका परराष्ट्र सचिवले पोर्चुगलमा नेपाली दूतावासको आतिथ्य पाउँदा खुसी व्यक्त गर्दै दूतावासको सहज सञ्चालनका लागि पोर्चुगल सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लिस्बनस्थित कूटनीतिक समुदायका ‘डिन’ एन्ड्रेस कारास्कोसा कोसोले कूटनीतिक ‘कर्पस्’मा नयाँ सदस्यका रूपमा नेपाली राजदूत प्रकाशमणि पौडेलाई स्वागत गरे ।

बिहीबार साँझ नेपाली दूतावासले ७६ औँ प्रजातन्त्र दिवसका अवसरमा पोर्चुगलमा रहेका आप्रवासी तथा नेपाली समुदायका संस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा स्वागत समारोह पनि आयोजना गरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १० : २६ बजे

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा

मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार