८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य



विराटनगर । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ बनाउन सबैले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रेस काउन्सिल नेपालको सहयोगमा आज यहाँ नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको दुईदिने ‘पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण’ तालिमको उद्घाटन सत्रमा सरोकार भएकाहरूले त्यस कार्यमा पत्रकारको भूमिका थप महत्त्पूर्ण रहेको बताएका हुन् ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन लोकतन्त्र र संविधानको रक्षा दृष्टिले महत्त्वूर्ण रहेको भन्दै निर्वाचनको स्वच्छतामा सबै सचेत हुनुपर्ने बताए। उनले समाजलाई कमजोर बनाउने र जनतामा भ्रम फैलाउने प्रवृत्तिविरुद्ध पत्रकारिताले योगदान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका अन्य वक्ताहरूले भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले सञ्चार माध्यम र सञ्चारकर्मीले सचेत भएर जनतालाई सुसूचित गर्नुपर्ने धारणा राखेका थिए ।

महासङ्घका अध्यक्ष भरत खड्काले दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा निर्वाचनमा थप भूमिका निर्वाह गर्न पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहितालगायत पत्रकारले पालना गर्नुपर्ने नैतिक आचरणबारे छलफल हुने बताए।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ११ : ५५ बजे

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा

मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार