९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

एमालेको झण्डा जलाएको विषयमा रास्वपालाई आयोगको २४ घण्टे स्पष्टीकरण माग, थप दुई पक्राउ



काठमाडौं । दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाइएको घटनाप्रति निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग स्पष्टीकरण माग गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी भएको विषयलाई लिएर आयोगले रास्वपाका सभापतिका नाममा पत्राचार गरेको हो।

कानुन अधिकृत मोहनराज जोशीको हस्ताक्षर रहेको पत्रमा पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगको इमेलमार्फत लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। आयोगले घटनाको वास्तविकता स्पष्ट पार्न तुलसीपुरमा के कस्तो गतिविधि भयो, एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाइएको हो कि होइन, तथा अध्यक्ष ओलीविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गरिएको हो वा होइन भन्नेबारे जवाफ मागेको जनाएको छ।

उक्त घटना यही फागुन ७ गते राति करिब साढे ९ बजे तुलसीपुर उपमहानगरपालिका–५, वीरेन्द्रचोकमा भएको थियो। रास्वपा सभापति रवि लामिछाने सुर्खेतबाट दाङ आउने क्रममा उनलाई स्वागत गर्न जम्मा भएको भीडमा केही व्यक्तिले एमालेको झण्डा जलाउनुका साथै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेका थिए।

यसैबीच, झण्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर-४, हलवारका ३० वर्षीय रमेश रानामगर र तुलसीपुर-६, गाइडरका २४ वर्षीय विक्रम परियार रहेका छन्। यसअघि फागुन ८ गते तुलसीपुर-७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान जारी रहेको छ भने घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको खोजी कार्य समेत अघि बढाइएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ११ : ०३ बजे

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न

लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बीसीएम’को पहिलो बैठक पोर्चुगलको

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र

नेपाल-भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत