५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

केशवबहादुर थापा सुर्यवंशीको जोड : नेपाल संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालय बनाइनुपर्छ



बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा सुर्यवंशीले दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२६ को अवसरमा शनिबार बुटवलमा आयोजित विशेष कार्यक्रममा उनले भाषिक विविधताको संरक्षण र प्रवद्र्धनका लागि विश्वविद्यालयलाई बहुभाषिक शिक्षाको केन्द्रका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय समितिद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष थापाले नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले सबै भाषाको संरक्षण र विकास राज्यको प्राथमिक दायित्व हुनुपर्ने बताए । उनले मातृभाषाको संरक्षणले मात्र सांस्कृतिक पहिचान र मौलिकताको रक्षा सम्भव हुने उल्लेख गरे ।

कार्यक्रममा पार्टीका महासचिव टोप अस्लामीले मातृभाषाको संरक्षण र प्रवद्र्धन अपरिहार्य रहेको बताए । उनले राज्यले सबै जाति तथा समुदायको मातृभाषा संरक्षणका लागि आवश्यक पहल गर्न नसकेको टिप्पणी गर्दै भाषिक सचेतना अभिवृद्धि, सांस्कृतिक विविधताको सम्मान तथा बहुभाषिक शिक्षा प्रवद्र्धनसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

उनले मातृभाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको इतिहास, संस्कृति र पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसको संरक्षणमा राज्य, शैक्षिक संस्था तथा समुदाय सबैले साझा जिम्मेवारी लिनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरेअनुसार सन् २००० देखि प्रत्येक वर्ष फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो । नेपालमा भने विसं २०६६ सालदेखि यो दिवस विशेष कार्यक्रमका साथ मनाउँदै आइएको छ। मातृभाषा दिवसले भाषिक विविधताको संरक्षण, बहुभाषिक शिक्षा प्रवद्र्धन तथा सांस्कृतिक पहिचानको सम्मान गर्ने उद्देश्य बोकेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : १४ बजे

हुलाकी राजमार्ग : धम्बोझी-नन्दनीमील खण्डको मुहार फेरिँदै, स्वस्फुर्त अतिक्रमण हटाँउदै स्थानीय

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जको धम्बोझी चोक देखि नन्दनी

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट

कर्मचारी आचरण र सेवा प्रवाह व्यवस्थित गर्न श्रम मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत