१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ । संघको ७३औं स्थापना दिवसको अवसरमा आईतबार संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो ।

२०६१ देखि २०६३ सम्म अध्यक्ष भएर संघको श्रीबृद्धि तथा यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा अतुलनीय योगदान पु¥याएवापत पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो । पुर्वअध्यक्ष लाकौललाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ तथा संघका अध्यक्ष हरिप्रसाद अर्यालले मालासहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मान ग्रहण गर्दै पूर्वअध्यक्ष लाकौलले संघले गरेको सम्मानले आफूलाई थप उर्जा प्रदान गरेको बताए । संघले हरेक स्थापना दिवसमा पूर्वअध्यक्ष मध्येबाट एक जनालाई सम्मान गर्दै आएको छ । लाकौल अध्यक्ष हुँदा संघले २०६२ सालदेखि कृषिमेला समेत प्रारम्भ गरेको थियो । त्यसयता संघले नियमित रुपमा कृषि मेला सञ्चालन गर्दै आएको छ ।

स्थापना दिवसकै अवसरमा संघले बुटवलका तीन वटा सामुदायिक विद्यालयमा छात्रबृत्ति अयक्षकोष स्थापना गरेको छ । संघले बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’मा ७१ हजार रुपैंया थप गरेर १ लाख १ हजार पु¥याएको छ भने बुटवल ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा ५० हजार रुपैंया र वडा नं. ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा १ लाख १ हजार रुपैंयाको छात्रबृत्ति अक्षयकोष स्थापना गरेको हो । कार्यक्रममा संघका अध्यक्ष अर्याल र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई उल्लेखित रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी बुटवल उद्योग वाणिज्य संघमा गठित औषधी तथा सर्जिकल बस्तुगत समितिको समन्वयमा मावन सेवा आश्रमलाई आवश्यक औषधि प्रदान गरिएको छ । स्थापना दिवसकै अवसरमा संघ परिषरमा श्रीखण्ड चन्दनको बृक्षरोपण समेत गरिएको संघका कार्यसमिति सदस्य तथा स्थापना दिवस कार्यक्रम संयोजक दीपक घिमिरेले जानकारी दिए ।

२००९ सालमा तदर्थ समितिको रुपमा गठन भएको बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते औपचारिक रुपमा दर्ता भएको थियो । त्यसैदिनलाई संघ स्थापना दिवसको रुपमा मनाउँदै आएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए । उनका अनुसार नीजि क्षेत्रको सबैभन्दा पुराना संस्था बुटवल उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको हकहित तथा व्यवसायिक प्रवद्र्धनसहित आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

स्रोत सुनिश्चित नगरि औद्योगिक क्षेत्र घोषणा गर्दा कामले गति लिएन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सरकारले बजेटमा स्रोतको सुनिश्चित नगरिकन काम गर्दा अगाडि सारिएका आयोजनाले गति लिन नसकेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवसको अवसरमा आईतबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले मोतिपूर औद्योगिक क्षेत्र निर्माणमा विलम्ब हुनुको कारण पनि त्यहि नै भएको बताए ।

मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेपनि राज्य औद्योगिक विकासमा गम्भिर नभएको र दीर्घकालिन सोंच बिचार समेत नगरेका कारण मुलुकभर घोषणा भएका औद्योगिक क्षेत्र घोषणमै सिमित रहेको उनको भनाई थियो । रुपन्देही औद्योगिक विकासका लागि राम्रो सम्भावना रहेको क्षेत्र भएपनि कानुनी उल्झन, राज्य सञ्चालकमा देखिएको गैरजिम्मेवारीपना, विकासको दीर्घकालिन रणनीति नहुँदा अंगाडि सारिएका आयोजना समेत अन्यौलमा रहेको उनले बताए । बुटवलको मोतिपुर औद्योगिक क्षेत्र र भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) त्यसैका ज्वलन्त उदाहरण भएको उनको भनाई थियो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आसन्न प्रतिनीधि सभाको निर्वाचन पछि मुलुक नयाँ दिशामा अगाडि बढ्न आशा व्यक्त गर्दै निर्वाचन अंगाडि आएका दलका घोषणा पत्रमा आर्थिक क्षेत्र समेटिनु सकारात्मक भएको टिप्पणी गरे । उनले दल तथा उम्मेद्वारहरुलाई सक्ने र हुने कुरा मात्रै गरेर मत माग्न आग्रह गरे । आगामी चैतको अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशनपछि विधानअनुसार स्वतः अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको हकहित तथा व्यवसायिक प्रवद्र्धन, मुलुकको अर्थतन्त्रमा योगदान र सरकारको आर्थिक सल्लाहकारको रुपमा महासंघले प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई स्थानीय सरकार तथा महासंघको प्रदेश समितिलाई प्रदेश सरकारमा आर्थिक सल्लाहकारको भूमिका राख्नेगरी योजना बनाएको बताए । महासंघमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ३० वर्ष योगदान गरेको बताउँदै लामो अनुभव र सिकाईलाई आफ्नो कार्यकालमा व्यवहारमा देखिने गरि काम गर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले स्थापनाकालदेखि उद्योगी व्यवसायिको हकहित, उनीहरुको व्यवसायिक प्रवद्र्धन तथा विकास र यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा संघले लगानी सहितको नतृत्वदायी भूमिकाको बारेमा जानकारी गराएका थिए । उनका अनुसार संघले यस क्षेत्रको शैक्षिक विकासका लागि लुम्बिनी बाणिज्य क्याम्पस स्थापना, सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना, बुटवल बहुमुखि क्याम्पसमा विज्ञान संकाय सञ्चालन, त्यस्तै स्वास्थ्यमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) स्थापना, लुम्बिनी प्रादेशिक अस्पतालमा तत्कालिन समयमा प्रसुतीकक्ष स्थापना, क्याविनहरु निर्माण, इलाका प्रहरी कार्यालय स्थापना लगायतका धेरै काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिका भन्दा पनि जेठो संस्था बुटवल उद्योग वाणिज्य संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा गरेको नेतृत्वदायी भूमिकाको खुलेर प्रसंशा गरे । उनले यहाँको विकासका लागि नगरपालिकाले रायसुझाव दिने र सहकार्यमा काम गर्ने गरिएको बताए ।

त्यस अवसरमा संघका पूर्वकार्यसमिति सदस्य समेत रहेका आसन्न प्रनिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार चुन्नप्रसाद पौडेलले यस क्षेत्रको आर्थिक तथा सामाजिम विकासमा सक्दो योगदान गर्दै आएको र आगामी दिनमा पनि आफ्नो पूर्ण सहयोग रहने बताउँदै आगामी निर्वाचनमा व्यवसायिक क्षेत्रको प्रतिनीधि पनि भएकाले दलगत रुपमा नहेरी व्यवसायिको नाताले मत दिएर सहयोग आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका सम्मानित पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ३ : २९ बजे

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका