११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस : पृथ्वी राजमार्ग बस सञ्चालक समिति



गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ ।

पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग १ ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए ।

“पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन”, उनले भने । बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको र २४ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ८ : ४२ बजे

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस : पृथ्वी राजमार्ग बस सञ्चालक समिति

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी

कालीगण्डकी लोकमार्ग : लमाएखोलामा दुईवर्षमा सम्पन्न हुनुपर्ने पुल आठ वर्षपछि सम्पन्न

पर्वत । उत्तर-दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत

बुटवलमा वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत

बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा