२६ असार २०८३, शुक्रबार | July 10, 2026

धादिङमा बस र पेट्रोल ट्यांकर ठोक्किँदा १३ जना घाइते



धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, बादरेमोडस्थित पृथ्वी राजमार्गमा बस र पेट्रोल ट्यांकर ठोक्किँदा १३ जना घाइते भएका छन्।

काठमाडौंबाट बीरगन्जतर्फ गइरहेको धादिङ यातायात समितिको ना ४ ख २८९४ नम्बरको बस र बीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ४ ख ३१३३ नम्बरको पेट्रोल ट्यांकर शुक्रबार ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बसमा ६० जना यात्रु सवार रहेका थिए।

घाइते भएकामध्ये २० वर्षीया सरिता चेपाङ, ४५ वर्षीय हरिबहादुर चेपाङ, ६० वर्षीय होमबहादुर चेपाङ, २० वर्षीया अप्सरा चेपाङ, १३ वर्षीया मनिषा परियार, १२ वर्षीय नवीन चेपाङ, १३ वर्षीय रञ्जित चेपाङ, ६८ वर्षीया फुलमाया चेपाङ, ४९ वर्षीय विष्णु चेपाङ, २८ वर्षीया कल्पना चेपाङ, ४० वर्षीया तारा बानिया, ३६ वर्षीया संगिता चेपाङ र १० वर्षीय अजय चेपाङ रहेका छन्। उनीहरू सबै बेनीघाट रोराङ–२ का हुन्।

घाइतेहरूलाई मलेखुस्थित राजमार्ग अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

बस चालक मकवानपुरको कैलाश गाउँपालिका–२ का ३१ वर्षीय जीवन राना र ट्यांकर चालक धादिङको थाक्रे गाउँपालिका–५ का ३५ वर्षीय बुद्ध थोकरलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ४ : ३३ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी