११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

तोलामा ३२ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३२ सय रुपैयाँले वृद्धि भएको हो।

अघिल्लो दिन नै तोलामा ५६ सय रुपैयाँले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य सोमबार थप बढेर प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ। यस अनुसार आज उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख १३ हजार ५०० रुपैयाँ खर्च गर्नुपर्नेछ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी प्रतितोला १७० रुपैयाँले बढेर पाँच हजार ५९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी पाँच हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ११ : १४ बजे

धादिङ बस दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश

मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?

काठमाडौँ । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि

सिन्धुलीको मरिणमा नेपाली-चिनियाँ कामदारबीच झडप, सात जना घाइते

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योगमा

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २