३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सर्लाहीमा गगन थापालाई समर्थन गरेको जेनजी २.० ले रुपन्देहीमा विष्णु पौडेललाई समर्थन गर्ने



बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा विर्नाचनमा जेनजी समूहले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ । जेनजी २.० का प्रवक्ता अविन लिम्बुले कुनै राजनीतिक दलभन्दा पनि उम्मेदवाहरुको पृष्ठभूमि र उनीहरुको जनाधारका आधारमा समर्थन र सहयोग गर्ने जानकारी दिए ।

रुपन्देही एमाले उम्मेदवार पौडेलले भौतिक बिकास तथा पूर्वाधारको क्षत्रमा गरेका कामको मूल्याङ्कन तथा उनीप्रति आर्षित जनाधारका कारण जेनजी २.० ले समर्थन जनाएको उनले बताए । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिम्बुले सर्लाहीमा नेपाली काँग्रेसका उम्मेदवार गगन थापालाई समर्थ गरेजस्तै रुपन्देहीमा पौडेललाई समर्थन गरिएको उल्लेख गरे । यसैगरी चितवनमा पूर्व मेयर रेणु दाहाललाई जेनजी २.० ले समर्थन गर्ने उनले जानकारी दिए ।

जेनजी समुहले रुपन्देहीमा समेत मत सर्वेक्षण तथा उम्मेदवारहरुको पृष्ठभूमि र उनीहरुले गरेका कामका बारेमा मूल्याङ्कन गरिएको बताउँदै उनले राम्रो काम गर्ने जुनसुकै दलका उम्मेदवारलाई जेनजीहरु सहयोग गर्न तयार रहेको स्पष्ट पारे । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा सामाजिक सञ्जालहरुमा जति चर्चा भएपनि मतपत्रमा उक्त अवस्था नरहने उनको विश्लेषण छ ।

जनताको पक्षमा असर काम गर्ने जुनसुकै दलका उम्मेदवारलाई प्रतिनिधिसभा निर्वाचनमा विजयी गराउनु पर्ने बताउँदै उनले राजनीतिक विचारभन्दा पनि पात्र र पात्रको प्रवृत्तिका आधारमा जेनजीहरुले साथ दिने उल्लेख गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ५ : ४१ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा