१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

अमेरिकाको भर्जिनियामा एक नेपाली परिवारमा धारिलो हतियार प्रहार गरी श्रीमती र छोरीको हत्या



काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यअन्तर्गत फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपाली मूलका ५० वर्षभन्दा माथिका पुरुषले आफ्नै परिवारमाथि धारिलो हतियार प्रहार गरी श्रीमती र छोरीको हत्या गरेका छन् । घटनामा ज्वाइँ गम्भीर घाइते भएका छन् भने प्रहरीको गोली लागेर आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा नेपाली परिवारभित्र उक्त घटना भएको उल्लेख भए पनि संलग्न व्यक्तिहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन ।

फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले घटनालाई “आफ्नै परिवारमाथि गरिएको नरसंहार”को संज्ञा दिएका छन्। घटनास्थलमा पुग्दा अत्यन्त विभत्स अवस्था देखिएको उनले बताएका छन् । प्रहरीका अनुसार आक्रमणमा धारिलो हतियार प्रयोग गरिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ज्वाइँ घरबाहिर हिउँ पन्छाइरहेका बेला घरभित्रबाट झगडाको आवाज सुनेर भित्र पसेका थिए । उनले श्रीमतीलाई चक्कु प्रहारपछि ढलेको अवस्थामा र ससुराले सासूमाथि आक्रमण गरिरहेको दृश्य देखेका थिए । त्यसपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी आउनुअघि नै आक्रमणकारीले आफ्नै ज्वाइँमाथि पनि चक्कु प्रहार गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा उनी ज्वाइँमाथि आक्रमण गरिरहेको अवस्थामा भेटिएका थिए । पटक–पटक हतियार फाल्न चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर ५० वर्षीय आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

आक्रमणमा उनकी छोरीको घटनास्थलमै ज्यान गएको तथा श्रीमतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । गम्भीर घाइते ज्वाइँको अस्पतालमा उपचार भइरहेको छ । घरभित्र एक वर्षको शिशु पनि रहेको भए पनि उसलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसअघि उक्त घरमा झगडा वा घरेलु हिंसासम्बन्धी कुनै उजुरी दर्ता भएको थिएन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : ४४ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

हेटौंडा । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु

प्रमुख राजनीतिक दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं । प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने

विष्णु पौडेलको घरदैलो अभियान तिलोत्तमामा तीव्र, मतदातासँग सुझाव र समर्थन जुटाउँदै

बुटवल । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो र मतदाता

बसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइयो, सुरु भयो होली पर्व

काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले