५ आश्विन २०८३, सोमबार | September 22, 2026

कांग्रेसले देश सम्हाल्छ र अवस्था सुधार्छ : सभापति थापा



सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएको बताएका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नं ४ को बलरा नगरपालिकास्थित मिर्जापुरमा आज आयोजित चुनावी कार्यक्रममा उनले पुराना अनुभवलाई प्रयोग गरेर देशलाई जनअपेक्षाअनुसार सुधार गरेर अगाडि बढाउने बताए ।

सभापति थापाले सर्लाही ४ लाई लक्षित गर्दै सार्वजनिक गरिएको प्रतिज्ञा पत्रमा रहेको ‘जनता दलान’ कार्यक्रमअन्तर्गत क्षेत्रका मतदातासँग आफू सिधै सम्पर्कमा रहने बताए । “मेरो कार्यालय यहाँ रहन्छ, यस क्षेत्रका मतदाताले मलाई उक्त कार्यालयमार्फत सिधै सम्पर्क गर्नसक्नु हुनेछ । म आफैँ पनि प्रत्येक महिनाको दुई दिन यहाँ आएर जनतासँग छलफल गर्नेछु”, उनले भने,“म यहाँको बेटा हुन आएको हुँ, बेटा बनेपछि निभाउने कर्तव्य मैले राम्रोसँग बुझेको छु । यस क्षेत्रका जनताले गर्व गर्ने किसिमले आगामी पाँच वर्ष काम गर्नेछु ।”

सभापति थापाले मधेसको नेतृत्व गरेपछि मात्र आफू सिङ्गो राष्ट्रको नेतृत्वका लागि योग्य हुने बुझाइका साथ सर्लाहीबाट नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिन आएको बताए । उनले यस क्षेत्रमा देखिएका धेरै समस्या आगामी एक वर्षभित्रमै न्यूनीकरण हुने बताए ।

“मैले असल नियतले चुनौती दिएको हुँ । मधेसबाट निर्वाचन लड्ने आफ्नै पार्टीका अग्रज नेतालाई पनि मैले भनेको छु, आगामी एक वर्षमा मधेसका ३२ क्षेत्रमा हुने कामको मूल्याङकन गर्दा मेरो अङ्क बढी आउँछ । सबै प्रतिनिधिले आफ्ना क्षेत्रमा जनताको सेवासँगै शिक्षा, स्वास्थ्य र आवश्यकताअनुसारका काम गर्न सके गुनासो विस्तारै कम हुन्छ”, सभापति थापाले भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ३२ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न