२१ भदौ २०८३, आइतबार | September 7, 2026

निर्वाचनका लागि बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने



नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै बाँके जिल्लाको भातरसँग जोडिएका सम्पूर्ण सीमानाका बन्द गरिने भएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वशनिय बनाउन सीमानाका बन्द गरिने भएको बाँके प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले आज एक सूचना प्रकाशित गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई निष्पक्ष, भयरहित र विश्वशनीय वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाकाहरु फागुन १८ गते मध्यराती १२ बजेदेखि फागुन २१ गते मध्यराती १२ बजेसम्म बन्द रहने जनाएको छ ।

बाँके जिल्ला को दक्षिणतर्फ भारतसँग करिब ६५ किलोमिटर जति सीमा जोडिएको छ । यो सीमा मुख्य रूपमा भारतको उत्तर प्रदेश सँग जोडिएको छ, जहाँ जमुनाहा–रूपैडीहा लगायत साना–ठूला सीमावर्ती क्षेत्र पर्दछन् ।

यस क्षेत्रमा मूख्यरुपमा जमुनाहा नाकासहित साइगाउँ (स्थानीय आवतजावत हुने सीमावर्ती क्षेत्र), खजुरा गाउँपालिका सीमा क्षेत्र (साना स्थानीय मार्ग र आवतजावत), जानकी गाउँपालिका सीमा क्षेत्र (ग्रामीण सीमा आवतजावत हुने क्षेत्र) र नरैनापुर गाउँपालिका सीमा क्षेत्र (लामा खुला सीमा फैलिएको क्षेत्र) सीमा नाकाका रुपमा रहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ३ : ४८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त