५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा-एमाले कार्यकर्ताबीच झडप, दुई घाइते



बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्ताबीच झडप भएको छ। घटनामा एमालेको युवा संघका दुई जना घाइते भएका छन्।

डिलासैनी-७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएको प्रहरीले जनाएको छ । जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको बताइएको छ। घाइते दुवैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

जिल्लाको डिलासैनी गाउँपालिका-७ स्थित लेक टोलमा घरदैलो कार्यक्रम चलिरहेका बेला दुई पक्षबीच भनाभन चर्किएपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको र हाल अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ९ : १३ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी