३१ असार २०८३, बुधबार | July 15, 2026

बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा-एमाले कार्यकर्ताबीच झडप, दुई घाइते



बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्ताबीच झडप भएको छ। घटनामा एमालेको युवा संघका दुई जना घाइते भएका छन्।

डिलासैनी-७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएको प्रहरीले जनाएको छ । जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको बताइएको छ। घाइते दुवैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

जिल्लाको डिलासैनी गाउँपालिका-७ स्थित लेक टोलमा घरदैलो कार्यक्रम चलिरहेका बेला दुई पक्षबीच भनाभन चर्किएपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको र हाल अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ९ : १३ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा