१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

निर्वाचन दुई अतिवाद विरुद्धको संघर्ष हो, नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचन सामान्य नभई राष्ट्रको दिशा तय गर्ने निर्णायक मोड भएको बताएका छन्।

उनले यो चुनाव दुई अतिवादका विरुद्धको संघर्षका रूपमा रहेको उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न नेकपाको जित अपरिहार्य रहेको दाबी गरे।

पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान राजनीतिक अस्थिरता र उत्पन्न परिस्थितिलाई नयाँ समाधान दिनकै उद्देश्यले पार्टी गठन गरिएको बताए। “यो चुनाव सामान्य होइन। राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र बचाउन पनि नेकपाले जित्नुपर्ने आवश्यकता छ,” उनले भने।

उनले संविधानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै देशलाई स्थायित्वको ट्र्याकमा ल्याउने जिम्मेवारी नेकपाले लिने विश्वास व्यक्त गरे।

फागुन २१ गते हुने निर्वाचनमा नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी गर्दै उनले कार्यकर्ताहरूलाई युद्धस्तरमा चुनावी अभियानमा खटिन निर्देशन दिए।

प्रचण्डले एमालेसँग १० सिटमा चुनावी तालमेल हुन लागेको भन्ने प्रचारमा कुनै सत्यता नभएको स्पष्ट पारे । उनले नेकपा एक्लै ‘अग्निपरीक्षा’मा होमिएको जिकिर गरे।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : ०८ बजे

भ्रष्टाचारको अखडा बनाउनेले सिंहदरबार डढाए : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

‘२०६४ सालमा माओवादीलाई मत दिनु देशको गल्ती’ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०६४ सालमा जनताले

सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : निधि

धनुषा । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं

निर्वाचन दुई अतिवाद विरुद्धको संघर्ष हो, नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले