१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

बाँकेमा युवा युवतीलाई मतदाता शिक्षा



नेपालगन्ज । फागुन २१ गते हुने ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरि नेपालगन्जमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । १८ बर्ष पुगी पहिलो पटक मतदान गर्ने युवा युवतीहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो ।

महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निर्वाचनमा मतदानका बारेमा जानकारी दिएको हो । अभिमुखीकरणका सहभागी युवाहरुले पहिलो पटक मतदान बारे राम्रो ज्ञान प्राप्त भएको बताएका छन् । उनीहरुले फागुन २१ गतेको निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेकाले यो मतदाता शिक्षाले धेरै कुरा सिकाएको बताए ।

अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार, मतदाताको कर्तव्य, स्वतन्त्र मतदान, गोप्य मतदान, मतदानको दिन पालना गर्नुपर्ने नियम, मतदानका चरण, मत बदर हुने अवस्था र मतपत्रमा ध्यान दिनुपर्ने कुरा लगायतका बारेमा राकेशकुमार मिश्र र रविन्द्र ज्ञवालीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई मतदान बारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, नागरिक समाजका अगुवा श्याम विष्ट, युवा अभियन्ता एञ्जिला ज्ञवालीले मतदाता शिक्षाप्रति जागरुक भई राम्रोसंग मतदान गर्नुपर्नेमा जोड दिए ।

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताए । अभिमुखीकरणमा करिब ५५ जना युवा यवुतीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १२ : ३३ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने आठ जनालाई कारबाही

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही

कुनै दलसँग गठबन्धन गर्दैनौं : एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै

इजरायलद्वारा इरानमा हवाइ आक्रमण

काठमाडौं । इरायलले अमेरिकाको समर्थनमा इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका युवा

रवि-बालेन्द्रसहित रास्वपाको काठमाडौं उपत्यकामा प्रचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यका केन्द्रित प्रचार गरेको