१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा



सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको एक गाडीबाट मदिरा तथा खाद्यान्न सामग्री फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

कर्णाली प्रदेश-०१-०१८ च ०४२९ नम्बरको बोलेरो जिप सोमबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। निर्वाचन आचारसंहिता विपरीत मदिरा र खाद्यान्न सामग्री बोकेर प्रचारमा हिँडेको पाइएपछि गाडी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

उक्त गाडीबाट ७ कार्टुन रक्सी, २ कार्टुन बियर, २ बोरा चामल र ३ कार्टुन खाने तेल बरामद गरिएको छ।

प्रहरीका अनुसार गाडी सल्यानको सल्लिबजारबाट खौरातर्फ जाँदै गरेको अवस्थामा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। गाडीमा रास्वपाको झण्डा, ब्यानर तथा साउण्ड सिस्टमसमेत फेला परेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १ : २६ बजे

इरानी आक्रमणबाट मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ

यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने