१० असार २०८३, बुधबार | June 24, 2026

इरानी आक्रमणबाट मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ



यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान खुलेको छ । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने नेपाली युवक गोरखाका दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली राजदूतावासले पुष्टी गरेको छ।

अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गरी पुष्टी गरेको हो । राजदूतावासका अनुसार मृतक श्रेष्ठ मिडिल इस्ट कम्पनीमा कार्यरत थिए।

घटनामा २९ वर्षीय श्रेष्ठको निधन भएको यूएईको परराष्ट्र मन्त्रालय जानकारी दिएको नेपाली राजदूतावासले जनाएको छ। उनको पार्थिश शरीरलाई नेपाल ल्याउन सहजीकरण भइरहेको विज्ञप्तिमा जनाएको छ।

यससँगै यूएईमा रहेका सबै नेपालीलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन राजदूतावासले आग्रह गरेको छ। यूएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  २ : ३४ बजे

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका