११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए



बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

जनार्दन शर्माका सारथीका रुपमा रहेका शर्माले चुनावको मुखैमा पुरानै दलमा फर्केका हुन् । शर्मालाई नेकपाका नेताहरू दीनानाथ शर्मा र हितमान शाक्यले स्वागत गरेका छन् ।

तत्कालीन माओवादीबाट विद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपामा लागेका शर्मा आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष त्यागेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका हुन् ।

शर्माले बाबुराम भट्टराई र जनार्दन शर्माले माक्र्सवादी सिद्धान्त छोडेर समाजवादी आर्थिक कार्यक्रमसमेत नबनाएको जिकिर गर्दै पुरानै घरमा फर्केको प्रतिक्रिया दिएका छन् । प्रलोपाले माक्र्सवादी सिद्धान्त र समाजवादी अर्थनीति परित्याग गरेकोले नेकपामै पुनः प्रवेश गरेको उनको भनाइ छ ।

बागलुङका शर्मा भारतमा तत्कालीन नेकपा माओवादीको एकता समाजदेखि सङ्गठन गरेका अनुभव रहेका नेता हुन् । यस्तै, निसीखोला–१ लेवाङका नेकपा (एमाले)का गण्डकी प्रदेश सदस्य अमरसिंह घर्ती पनि नेकपामा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ४ : ४९ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक