१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

इरान-इजरायल तनाव फैलिँदै : रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण



दुबई । इरान र इजरायल-अमेरिका गठबन्धनबीचको सैन्य तनाव खाडी क्षेत्रका अन्य मुलुकहरूमा समेत फैलिएको छ । बढ्दो द्वन्द्वका कारण यस क्षेत्रको हवाई यातायात गम्भीर रूपमा प्रभावित भएको छ ।

इरानले खाडी क्षेत्रका विभिन्न स्थानमा ‘प्रतिशोधात्मक’ आक्रमण सुरु गरेको दाबी भइरहेका बेला संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरब गन्तव्यका दर्जनौँ अन्तर्राष्ट्रिय उडानहरू बीचैबाट मोडिएका छन् ।

उडानहरूको प्रत्यक्ष अनुगमन गर्ने संस्था ‘फ्लाइट राडर’ का अनुसार अबुधाबीका लागि उडेका इतिहाद एयरलाइन्स का दुई विमानलाई ओमानको राजधानी मस्कटतर्फ मोडिएको छ । त्यसैगरी दुबई गन्तव्य रहेको इमिरेट्स को एक विमान भारतको मुम्बई फर्काइएको जनाइएको छ ।

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका केही विमानलाई ‘होल्ड’मा राखिएको छ भने कतिपय उडानहरू प्रस्थानस्थलतर्फै फर्किएका छन् ।

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

रियादस्थित अमेरिकी दूतावास रियादमा ड्रोन आक्रमण भएको रिपोर्ट सार्वजनिक भएको छ । प्रारम्भिक विवरणअनुसार दूतावास परिसरमा केही क्षति पुगेको बताइएको छ । इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य र कूटनीतिक संरचनालाई निशाना बनाउने चेतावनी दिएपछि उक्त घटना भएको जनाइएको छ ।

नेपाली यात्रु अलपत्र

यूएई र साउदी अरब नेपाली श्रमिकका प्रमुख गन्तव्य मुलुक हुन् । हालका उडान अवरोधका कारण वैदेशिक रोजगारीमा जाने तथा स्वदेश फर्कने तयारीमा रहेका सयौँ नेपाली विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । केही विमान सेवा प्रदायकहरूले आफ्नो उडान तालिका अनिश्चितकालका लागि स्थगित गरेका छन् ।

मध्यपूर्वमा बढ्दो तनावले विश्वकै व्यस्त हवाई मार्गमध्ये एक मानिने खाडी क्षेत्रको आकाश असुरक्षित बनेको विश्लेषण गरिएको छ । यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय व्यापार, आपूर्ति श्रृंखला र यात्रु आवागमनमा परेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ८ : २८ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित