१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात



वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा रु ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशत बढी सामान आयात भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा आयातमा उल्लेखनीय वृद्धि भएको बताए । “चालु आवमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सामानहरुको आयातको हिस्सा बढी देखिन्छ,” उनले भने । गत आवको सात महिनामा रु चार खर्ब ६० अर्ब २३ करोड मूल्य बराबरका सामान आयात भएको थियो ।

चालु आवको सात महिनामा रु एक खर्ब छ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात गरिएको छ । त्यसैगरी, रु ४६ अर्ब १६ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात गरिएको छ । सोही अवधिमा रु ३५ अर्ब ८७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात गरिएको छ । रु ३५ अर्ब ६७ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको जनाइएको छ । रु २७ अर्ब ९८ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाको आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ३ : ०९ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको