२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

आज प्रतिनिधिसभा निर्वाचन, देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान



काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने भएको छ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो ।

यसपटक ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र तथा समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुँदैछ । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरिरहेका छन् । यस प्रणालीअन्तर्गत तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् ।

समानुपातिक प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार १ हजार ७७२ महिला गरी कुल तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालगायतलाई प्राथमिकताका साथ मतदान गराउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानकर्मी तथा एक लाख ४९ हजार ९० म्यादी प्रहरी परिचालन गरिएका छन् । निर्वाचन सम्पन्न गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन् ।

आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पठाइसकेको जनाएको छ ।

यस निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् । रामचन्द्र पौडेल, रामसहायप्रसाद यादव, सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले उत्साहजनक सहभागितासहित मतदान गर्न मतदातालाई आह्वान गरिसकेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ६ : ०७ बजे

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित

रुपन्देही-२ मा काँग्रेस उम्मेदवार चुन्नले बुटवल ४ बाट गरे मतदान

बुटवल । रुपन्देही-२ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद

प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदान सुरु

काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलबाट मतदान

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन

काठमाडौं । निजामती कर्मचारी अस्पतालले आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचन