११ कार्तिक २०८३, बुधबार | October 29, 2026

काठमाडौंमा मतदान गरेर हेलिकोप्टरमार्फत झापा लागे बालेन्द्र साह



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापातर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी स्रोतका अनुसार शाह केहीबेरअघि हेलिकोप्टरमार्फत झापा गएका हुन् ।

यसअघि उनले काठमाडौंस्थित सिनामंगलमा रहेको मतदान केन्द्रमा बिहानै मतदान गरिसकेका छन् ।

शाह रास्वपाका तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् । निर्वाचन प्रचार-प्रसार तथा स्थानीय कार्यक्रमका लागि उनी झापा गएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १० : ०२ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय