१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

बधाई प्रधानमन्त्री सुशीला कार्की



फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको छ। चुनौतीपूर्ण राजनीतिक परिस्थितिका बीच सम्पन्न भएको यो निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु आफैंमा उल्लेखनीय उपलब्धि मान्न सकिन्छ। विशेषगरी, सुशीला कार्की नेतृत्वको सरकारले कठिन परिस्थितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सकेको छ।

जेनजी आन्दोलनपछि बनेको यो सरकारको मुख्य कार्यभार नै फागुन २१ को निर्वाचन सम्पन्न गर्नु थियो। प्रारम्भमा कार्की नेतृत्वको सरकारप्रति विभिन्न कोणबाट आशंका र प्रश्न उठाइएका थिए। तर ती आशंकाहरूका बीच सरकारले आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्न सफल भएको देखिन्छ। निर्वाचनको समग्र प्रक्रिया हेर्दा देशभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ, जसले संक्रमणकालीन राजनीतिक अवस्थामै पनि लोकतान्त्रिक प्रक्रिया जीवित रहेको सन्देश दिएको छ।

अब भने राजनीतिक दलहरूको भविष्य मतपेटिकाभित्र कैद भइसकेको छ। मतगणनापछि सम्भवतः भोलि साँझसम्म दलहरूको वास्तविक राजनीतिक हैसियत स्पष्ट हुन थाल्नेछ। निर्वाचन परिणामले आगामी राजनीतिक समीकरण र शक्ति सन्तुलन कस्तो हुनेछ भन्ने कुराको दिशा निर्धारण गर्नेछ।

लोकतन्त्रको मूल आधार र सबैभन्दा महत्वपूर्ण आयाम नै निर्वाचन हो। जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर शासन प्रणालीमा आफ्नो मत व्यक्त गर्ने अवसर यही प्रक्रियाले प्रदान गर्छ। यस अर्थमा निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा मात्र होइन, लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाप्रतिको प्रतिबद्धताको पनि परीक्षण हो।

नेपालको सन्दर्भमा जनताले मतदान गर्दा केवल प्रतिनिधि छनोट मात्र गरेका छैनन्, उनीहरूले देशको भविष्यप्रति आफ्ना अपेक्षाहरू पनि व्यक्त गरेका छन्। आम नागरिकले संविधानका गणतन्त्र, संघीयता, समावेशिता, लोकतन्त्र आधारभूत सिद्धान्तहरूको पालनासहित संविधानमा जनमुखी सुधारको अपेक्षा गरेका छन्। देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण होस्, राजनीतिक स्थिरता कायम होस्, शान्ति र अमनचयन सुदृढ होस् भन्ने जनचाहना प्रष्ट रूपमा देखिएको छ। साथै, लामो समयदेखि संकटग्रस्त अवस्थामा रहेको राष्ट्रिय अर्थतन्त्रले फेरि गति लिन सकोस् भन्ने आशा पनि जनतामा रहेको छ।

यही विश्वासका आधारमा जनताले मतदान गरेका छन्। त्यसैले अब निर्वाचनपछि सबै राजनीतिक दलहरूले प्रतिस्पर्धाको मनोविज्ञानलाई त्यागेर सहकार्य र सहमतितर्फ उन्मुख हुनु आवश्यक छ। लोकतन्त्रमा प्रतिस्पर्धा आवश्यक भए पनि राष्ट्रको हितका विषयमा सहकार्य अझ महत्वपूर्ण हुन्छ। जुन दल विजयी भए पनि र जसको राजनीतिक हैसियत जस्तो बने पनि अब मुख्य ध्यान जनताका अपेक्षा पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्छ।

निकट भविष्यमै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। निर्वाचनपछि बन्ने नयाँ राजनीतिक समीकरणका आधारमा सरकार गठन हुनेछ र अन्तरिम सरकारले सत्ता हस्तान्तरण गर्नेछ। त्यसबेला देशले स्थिर र प्रभावकारी शासन प्रणालीको अपेक्षा गरेको छ।

यस सन्दर्भमा पुनः उल्लेख गर्नुपर्छ कि कठिन राजनीतिक संक्रमणका बीच सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएर आफ्नो जिम्मेवारी निर्वाह गरेको छ। राष्ट्रपतिले कठिन परिस्थितिमा दिएको जिम्मेवारी पूरा गर्दै सरकारले लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध हुन दिएन। त्यसैले आजको दिनमा प्रधानमन्त्री सुशीला कार्की प्रशंसाको पात्र बनेकी छन्।

अबको चरण भनेको निर्वाचनपछिको राजनीतिक परिपक्वता देखाउने समय हो। यदि दलहरूले सहमति, सहकार्य र जिम्मेवारीका साथ अघि बढ्न सके भने मात्र यो निर्वाचन केवल सत्ता परिवर्तनको प्रक्रिया मात्र नभई लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण मोड बन्न सक्छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ५ : ५८ बजे

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न