२५ भदौ २०८३, बिहिबार | September 10, 2026

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै



रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । सडक सञ्जालको पहुँचमा नरहेका र हिँडेर एक दिन लाग्ने यी तीन ठाउँका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम रुकुमकोट ल्याइएको हो ।

सिस्ने गाउँपालिका–१ पाखापानी मतदान केन्द्र, पुथा उत्तरगङ्गा गाउँपालिका¬–२ पेल्माको हिमाल आवि पेल्मा मतदान केन्द्र र सोही वडाको हार्दिबाङ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको हो ।

अन्य मतदान केन्द्रका मतपेटिकाहरु ल्याउने क्रम जारी छ । मध्यरातिसम्म सबै ठाउँको मतपेटिका सङ्कलन भइसक्ने सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिनेछ । ५६ मतदान केन्द्र रहेको रुकुमपूर्वमा ३४ हजार ७७२ मतदाता थिए ।

सबै ठाउँमा टेलिफोन सम्पर्क नभएकाले जिल्लामा खसेको कुल खसेको मतको परिणाम भने आइनसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ८ : २३ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार